थापाथलीमा प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसको मुख्य कार्यालय

वैशाख १३, २०८० |कान्तिपुर टीभी संवाददाता
थापाथलीमा प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसको मुख्य कार्यालय

काठमाडौं । वैदेशिक शिक्षा तथा बसोबास व्यवस्था सेवा प्रदायक, प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसले नेपालमा नयाँ मुख्य कार्यालयको शुभारम्भ गरेको छ । कम्पनीले काठमाडौंको थापाथलीमा नयाँ शाखा विस्तार गरेको हो । कम्पनीले आफ्ना ग्राहक र साझेदारहरुको उपस्थितिमा शाखा विस्तार गरिएको हो ।

सन् २०१५ देखि प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसले सेवाग्राहीलाई उच्च गुणस्तर र विश्वसनीय सेवा दिँदै आएको छ । कम्पनीले अस्ट्रेलियालगायत अन्य देशमा अध्ययन र बसोबासको सेवा दिँदै आएको छ । कम्पनीले सेवाका क्रममा टप थ्री माइग्रेसन एजेन्ट सिड्नी एयर, बेस्ट बिजनेस अवार्ड, लोकल बिजनेस अवार्ड, अस्ट्रेलियन स्मल बिजनेस च्याम्पियनलगायत झन्डै आधा दर्जन अवार्डसमेत जितेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत निशान्त शर्माले नेपालमा नयाँ शाखा विस्तार गर्न पाउँदा निकै उत्साहित रहेको जनाए । उनले शिक्षा तथा बसोबासका लागि विदेशिन चाहने विद्यार्थीलाई गुणस्तरीय सेवा दिने जनाएका छन् । उनले आफ्नो कम्पनीले अहिलेसम्म उपलब्धिमूलक नतिजा दिएको दाबी गरेका छन् । साथै उनले नेपाली विद्यार्थीलाई वैदेशिक शिक्षा र बसोबासको लक्ष्य हासिल गर्न प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसले सहयोग गर्ने दाबीसमेत गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.