यी हुन् ई-सेवाका प्याकेज र अफर

माघ १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
यी हुन् ई-सेवाका प्याकेज र अफर

काठमाडौं । भुक्तानी सेवा प्रदायक संस्था ई-सेवाले आफनो वाषिर्कोत्सवका अवसरमा विभिन्न प्याकेज र अफर सार्वजनिक गरेको छ ।

१५औं वार्षिकोत्सवका अवसरमा राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी संस्थाले भोलि (बुधबार) बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट ई-सेवामा लिंक गरेमा १४० क्यासब्याक पाइनेछ ।

यसैगरी बिहान १० देखि ११ बजेसम्मलाई डाइमन्ड अफर सञ्चालन हुनेछ । जसमा एक रिवार्ड पोइन्टसहित सातजना भाग्यशाली विजेताले हीरा उपहार पाउनेछन् । यसैगरी ११ देखि १२ बजेसम्म मुभी आवर सञ्चालन हुनेछ । यो अवधिमा मुभी टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ ।

यसैगरी १२ बजेसम्म होटेल बुक अफर सञ्चालन हुनेछ । यो अवधिमा होटेल बुक गर्दा विभिन्न होटेलमा कोठाहरु नि:शुल्क प्राप्त गर्न सकिनेछ । यस्तै १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ । जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ ।

यसैगरी २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुनेछ । यस अवधिमा मोबाइल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टीभीको बिल भुक्तानी, विद्युत् महसुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरी ३ देखि ४ बजेसम्म मेरो-सेयर अफर सञ्चालन हुनेछ । यो अवधिमा ५० रुपैयाँसम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । ई-सेवाले नगदरहित क्यासलेस अर्थतन्त्र निर्माणको बाटोमा महत्त्वपूर्ण योगदान पुर्याउन सफल भएको दाबी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.