आउटरिचले जित्यो ११ अवार्ड

पुस २४, २०७९
आउटरिचले जित्यो ११ अवार्ड

नयाँदिल्ली । आउटरिचले फ्लेम अवार्डस् एसिया २०२२ मा ११ स्वर्ण र एक रजत अवार्ड हात पारेको छ । इमर्जिङ मार्केट समूह-दक्षिण एसियाअन्तर्गतको उक्त अवार्ड हालै नयाँदिल्लीस्थित ताज भिभान्तामा भएको थियो ।

फ्लेम अवार्डस्को आयोजना रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाले गरेको हो । यस अवार्डको निर्णायक मण्डलको अध्यक्षता म्याडिसन वर्ल्डका संस्थापक अध्यक्ष श्रीसाम बल्साराले गरेका थिए । निर्णायक मण्डलमा व्यवसायी, ब्रान्ड संरक्षकहरु, बजार प्रवर्द्धकलगायत सञ्चार/विज्ञापन क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।

यस अवार्ड कार्यक्रममा लेमनले एक स्वर्ण, एक रजत र एक कास्य अवार्ड जितेको छ भने डिजिटल इनले तीन रजत अवार्ड जितेको छ । त्यस्तै अन्य भारतीय एजेन्सीहरूले अवार्डको केही हिस्सा लिए ।

सन् २००६ मा स्थापना भएको फ्लेम अवार्डसले भारत र एसियामा अभ्यास गरिएका उत्कृष्ट बजारीकरण र सञ्चार क्षेत्रका परियोजना सम्मान गर्दै आएको छ । आयोजक संस्था रुरल मार्केटिङ एसोसिएसन अफ इन्डिया ग्रामीण बजारीकरणलाई सृदृढ गर्न सक्रिय छ ।