निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् ।

नेपाल उद्योग परिसंघको २१औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री दाहालले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको धारणा राखे । लगानी सम्मेलन सफल बनाउन एक दर्जन कानुन संशोधनका क्रममा रहेको जानकारी पनि प्रधानमन्त्रीले दिए ।

प्रधानमन्त्रीले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले नयाँ आशा जगाउने दाबीसमेत गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement