८६ वर्षीया लता गिरीलाई सम्मान

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
८६ वर्षीया लता गिरीलाई सम्मान

विराटनगर । नेपाल स्रष्टा समाजले स्रष्टा लता गिरीलाई यस वर्षको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ अर्पण गरेको छ । शैक्षिक तथा साहित्यिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै समाजले १५ हजार १०१ रुपैयाँ नगदसहित सम्मान गरेको हो । उहाँका तीन भजन संग्रहका साथै थुप्रै गीत तथा कविताहरु प्रकाशित छन् ।

विराटनगरका ८६ वर्षीया गिरी अस्वस्थ हुनुभएकाले उहाँकै निवासमा सम्मान अर्पण गरिएको थियो । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टाहरु पुरस्कारका लागि संस्था धाउँदै हिँड्छन् भन्ने आरोप लागिरहेको बेलामा स्रष्टा समाज स्रष्टा खोज्दै घर आइपुगेको छ । यसले साहित्यिक क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास गर्नुभयो ।

कार्यक्रममा साहित्यकार विवश पोखरेलले स्रष्टा गिरीका सामाजिक तथा साहित्यिक जीवनका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा समाजका महासचिव देविका तिमिल्सिनाले संस्थाले ओझेलमा रहेका सर्जकहरुको खोजी गरेर सम्मान गर्दै आएको बताउनुभयो ।

समाजका कोशी प्रदेश संयोजक कृष्ण भण्डारी मार्सेलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा साहित्यकार मन्जुश्री गिरीले उहाँको भजन गाउनुभएको थियो ।

साहित्यकार पुष्पा खनालले आफ्नो आमाको नाममा स्थापना गर्नुभएको यस सम्मानबाट सृजना शर्मा, डिक्रा वादी, इन्द्र गहतराज, प्रतिमा पोखरेल, निर्मला मुरारी र यमुना अधिकारी पराजुली सम्मानित भइसक्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement