गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी : बागमती प्रदेशको लगातार चौथो जित

कर्णाली प्रदेश ७ विकेटले पराजित, गौतम केसी एक्लैले लिए ५ विकेट
वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी : बागमती प्रदेशको लगातार चौथो जित

काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्पियनससिपमा बागमती प्रदेशले लगातार चौथो जित दर्ता गरेको छ ।

आज सम्पन्न पहिलो खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । बागमतीको जितमा गौतम केसी एक्लैले पाँच विकेट लिए ।

मूलपानी क्रिकेट मैदानमा बागमतीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो । सुरुवातमा ब्याटिङ गरेको कर्णालीले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि विपिन शाहीले ५१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा टोली झिनो योगफलमा नै रोकिन पुग्यो । बागमतीका लागि गौतम केसीले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए । सोनु देवकोटा र रिजन ढकालको नाममा समान २/२ विकेट रह्यो ।

जवाफमा १२१ रनको सहज लक्ष्य बागमतीले १४ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । बागमतीको सहज चेजमा कप्तान रीत गौतमले सर्वाधिक ३३ रन तथा शुभ कंशाकार र इशान पाण्डेले समान २८-२८ रन बनाए ।

जितसँगै पाँचमध्ये चार खेल जितेको बागमती ८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित कर्णाली ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement