इटालियन सिरी आको उपाधि इन्टर मिलानलाई

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
इटालियन सिरी आको उपाधि इन्टर मिलानलाई

काठमाडौं । यस सिजनको इटालियन सिरी एको उपाधि इन्टर मिलानले जितेको छ । गएराति सम्पन्न मिलान डर्बीमा सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर पाँच खेल अगावै च्याम्पियन बनेको हो । इन्टरका लागि यो २० औं घरेलु लिग उपाधि समेत हो ।

इन्टरलाई च्याम्पियन बनाउन फ्रान्सिस्को एसर्बी र मार्कस थुरामले गोल गरे । मिलानका फिकायो तोमारीले एक गोल फर्काए । इन्ज्युरी समयमा एसी मिलानका थियो हर्नान्डेज र डेभिड क्यालाब्रिया तथा इन्टरका डेन्जेल डम्फिजले रातो कार्ड पाए ।

सिरी 'आ' मा पाँच राउन्डको खेल बाँकी रहँदा इन्टरले दोस्रो स्थानको एसी मिलानविरुद्ध १७ अंकको अग्रता बनाएको छ । अब इन्टरले बाँकी सबै खेल हारे पनि शीर्ष स्थानमै रहने छ भने बाँकी सबै खेल जिते पनि मिलानले उपाधि जित्ने छैन । इन्टरले ३३ खेलमा ८६ अंक जोडेको छ भने समान खेलमा एसी मिलानको ६९ अंक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement