नेपालसँग पाँच खेलको टी-ट्वेन्टी सिरिजका लागि वेस्ट इन्डिजद्वारा बलियो टोलीको घोषणा

रोस्टन चेसले पहिलो पटक कप्तानी गर्ने
नेपाललाई विश्वकपअघि कमजोरी सुधार्ने अवसर
वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालसँग पाँच खेलको टी-ट्वेन्टी सिरिजका लागि वेस्ट इन्डिजद्वारा बलियो टोलीको घोषणा

काठमाडौं । पाँच खेलको टी-ट्वेन्टी सिरिजका लागि नेपाल भ्रमण गर्ने वेस्ट इन्डिजको ए टोली घोषणा गरिएको छ । क्रिकेट वेस्ट इन्डिजले यही बिहीबारदेखि जेठ २ गतेसम्म टीयू क्रिकेट मैदानमा हुने ५ खेलको टी-ट्वेन्टी सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालको सिनियर टोलीविरुद्ध अनुभवी रोस्टन चेसले वेस्टइन्डिज एको कप्तानी गर्ने छन् । चेसले पहिलो पटक वेस्टइन्डिज एको कप्तानी सम्हाल्नेछन् । उनलाई उपकप्तानको रुपमा एलिक एथेनेजले सहयोग गर्ने छन् । क्रिकेट वेस्ट इन्डिजले नेपालविरुद्ध निकै बलियो टोली घोषणा गरेको छ । 

उसका मार्क देयल र जोशुआ बिशप, कादिम एलिने बाहेक सबै खेलाडीले अन्तर्राष्ट्रिय डेब्यू गरिसकेका छन् । जसमध्ये रोस्टन चेस, एलिक एथेनाजे, किमो पल र गुडाकेश मोतीसँग वेस्टइन्डिजको सिनियर टोलीबाट तीनवटै फर्म्याटको क्रिकेट खेलेको अनुभव छ ।

विश्वकपअघि यो सिरिज दुवै टिमका लागि निकै महत्वपूर्ण मानिएको छ । वेस्टइन्डिजले मे १ अघि विश्वकप टोली घोषणा गर्ने छ । घरेलु मैदानमा हुने विश्वकपअघि वेस्ट इन्डिजले मे २२ देखि २६ सम्म दक्षिण अफ्रिकासँग ३ खेलको टी-ट्वेन्टी आई शृंखला आयोजना गर्ने छ । 

नेपालका लागि पनि यो सिरिज निकै महत्वपूर्ण छ । ओमानमा हालै सम्पन्न एसीसी प्रिमियर कपमा खराब प्रदर्शन गर्दै स्वदेश फर्किएको नेपाली टोलीका लागि विश्वकपअघि कमजोरी सुधार्ने यो नै अन्तिम अवसर हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement