एसीसी प्रिमियर कप : नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी प्रिमियर कप : नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि खेलिरहेको नेपालले हङकङलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार गरेको हो ।

पाँचौं ओभरमा ३ विकेट गुमाएर ३२ रनको कमजोर अवस्थामा पुगेको नेपाललाई दीपेन्द्रसिंह ऐरीले मध्यम स्कोरसम्म पुर्‍याउन ४४ रनको योगदान दिए । सन्दीप जोराले २२ र कप्तान रोहित पौडेलले २१ रन बनाए । यस्तै, सोमपाल कामी १२ र कुशल मल्लले ११ रन बनाए । नेपालका अन्य ब्याट्समेनले दोरहो अंक जोड्न सकेनन् । हङकङका लागि आयुश शुक्लाले सर्वाधिक ३ विकेट लिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement