एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा, नेपालको ३ विकेट गुम्यो

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा, नेपालको ३ विकेट गुम्यो

काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । सेमिफाइनलमा पराजित भएका नेपाल र हङकङ तेस्रो स्थानका लागि अल अमरेत क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका हुन् । नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

नेपालले पाँचौं  ओभरमा ३ विकेट गुमाएर ३२ रनमा खेलिरहेको छ । नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भए । त्यसपछि ब्याटिङमा आएका सोमपाल कामी १२ रन बनाएर आउट भए भने अर्का ओपनर आशिफ शेख ५ रन बनाएर पवेलियन फर्किए ।

समूह चरणको खेलमा हङकङलाई सहजै हराएको नेपाल आज ब्याटिङमा शुरुदेखि नै दबाबमा परेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement