गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी : बागमतीको रोमाञ्चक जित

कोशी प्रदेश ७ रनले पराजित
वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी : बागमतीको रोमाञ्चक जित

काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्पियनसिपमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता गरेको छ ।

अन्तिम ओभरसम्म पुगेको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ७ रनको पराजित गर्दै प्रतियोगिताको दोस्रो जित हात पार्यो । कोशी प्रदेश भने आफ्नो पहिलो खेलमा पराजित हुन पुग्यो ।

मूलपानी क्रिकेट मैदानमा कोशीले टस जितर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।

बागमतीका लागि ईशान पाण्डेले सर्वाधिक ३१ रन बनाए । सोनु देवकोटा ३० रनमा आउट भए । कोशीका श्रवण यादवले ३ तथा ज्ञानेन्द्र श्रेष्ठले २ विकेट हात पारे ।

१३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको कोशीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो । सानदार सुरुवातका बाबजुद फिनिसिङमा चुक्दा कोशी पराजित हुन पुग्यो ।

कप्तान अंकित सुवेदी र मिनास थापाले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्दै कोशीलाई राम्रो सुरुवात दिएका थिए । अंकित ३६ र मिनास ११ रनमा आउट भए । सुजन थपलियाले ३२ रन बनाए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बागमतीको जितमा रिजन ढकालले ३ विकेट लिए । इशान पाण्डे र सुवास खत्रीले २-२ विकेट हात पारे ।

जितसँगै बागमतीले ३ खेलमा २ जितसहित ४ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा छ । पराजित कोशीको भने यो पहिलो खेल हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement