विराट गोल्डकपको क्वार्टर फाइनलमा भुटानको रोयल थिम्पु

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
विराट गोल्डकपको क्वार्टर फाइनलमा भुटानको रोयल थिम्पु

काठमाडौं । भुटानको रोयल थिम्पु फुटबल क्लब विराट गोल्डकपको क्वार्टर फाइलनमा प्रवेश गरेको छ ।रोयल थिम्पुले प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको हो । विराटनगरस्थित सहिद रंगशालामा रोयल थिम्पुले ३६ औं मिनेटमा किन्ले ग्याल्सेनको गोल मार्फत् अग्रता लिएको थियो । उनले केल्जाङ जिग्मेको कर्नरमा गोल गरेका हुन् ।

४० औं मिनेटमा किन्जाङ तेन्जिङले अग्रता दोब्बर बनाए । उनले किन्लेको आकर्षक पासमा पुलिसको कमजोर डिफेन्सको फाइदा उठाएका थिए । पहिलो हाफमा २-० गोलले पछि परेको ए डिभिजन पुलिस क्लब ब्रेकपछि आक्रमक रुपमा प्रस्तुत भएको थियो । तर गोल फर्काउन भने सकेन् । ६३ औं मिनेटमा सिदार्थ गुरुङले गोल गरेपछि पुलिस स्तब्ध भएको हो । पाएका अवसरको सदुपयोग गर्न नसक्दा तीन पटकको च्याम्पियन पुलिस क्लबाटरफाइनल बाटै बाहिरियो ।

आज त्रिभुवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटीबीच खेल हुनेछ । प्रतियोगितामा भारतका दुई, भुटानको एक र नेपालका सात वटा विभागिय टोलीसहित १० वटा टिम सहभागी छन् । गत वर्षको बिजेता टोली विराट फुटवल क्लवले भने यो प्रतियोगितामा भाग लिएको छैन् । उसले आयोजकले खबर नै नगरेका कारण सहभागी हुनबाट बञ्चित भएको बताएको छ । विजेताले ११ लाख र उपविजेतलाले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement