काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वेन्टी सिरिज आजबाट सुरु हुँदैछ । कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो १ बजे खेल हुनेछ । हिजोबाट सुरु हुने तालिका भए पनि अघिल्लो दिनदेखि नै परेको वर्षाले मैदान भिजेका कारण खेल टस हुनुअघि नै रद्द भएको घोषणा गरेर आजदेखिको तालिका सार्वजनिक गरिएको थियो ।
नेपाल ‘ए’ले आयरल्यान्ड उल्भ्ससँग आजा (शुक्रबार), शनिबार र सोमबार गरी तीन टी-ट्वेन्टी खेल खेल्ने छ । त्यसपछि नेपाल ‘ए’ले उल्भ्ससँग तीन एकदिवसीय खेल खेल्ने तालिका छ । एकदिवसीय शृंखला बुधबार सुरु हुनेछ ।
नेपाल क्रिकेटसंघले विनोद भण्डारीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरी सकेको छ । यस अघि नेपालको सिनियर टोलीले उल्भ्ससँगको दुवै टी-ट्वेन्टी खेल जितेको थियो ।