आईपीएलमा राजस्थान रोयल्सको लगातार दोस्रो जित

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा राजस्थान रोयल्सको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा हिजो राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्स विजयी भएको हो । आईपीएलको यो संस्करणमा राजस्थानको दोस्रो जित हो ।

१८६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्रै बनायो । दिल्लीका लागि डेविड वार्नरले ४९, ट्रिस्टन स्टब्स ४४, कप्तान ऋषभ पन्त २८, मिचेल मार्श २३ र अक्षर पटेल १५ रन बानाए ।राजस्थनका लागि युजभेन्द्र चाहाल र नान्द्रे वर्गरले समान २-२ विकेट लिए भने आवेश खानले १ वकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट १८५ गुमाएर रन बनाएको थियो । राजस्थानका रियानले सर्वाधिक ८४ रन बनाए। ४५ बलको सामना गरेका रियानले ७ चौका र ६ छक्का प्रहार गरे।

यस्तै रविचन्द्र अश्विनले २९ र ध्रुव जुरेलले २० रन प्रहार गरेका थिए । दिल्लीका लागि खालिद अहमद, मुकेश कुमार, एनरिच नर्ट्जे, अक्सर पटेल, कुलदीप यादवले समान १-१ विकेट लिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement