जातीय दुर्व्यवहारले निराश बनायो : ब्राजिलियन फुटबलर भिनिसियस जुनियर

चैत्र १३, २०८० |कान्तिपुर टीभी संवाददाता
 जातीय दुर्व्यवहारले निराश बनायो : ब्राजिलियन फुटबलर भिनिसियस जुनियर

काठमाडौं । ब्राजिलियन फुटबलर विंगर भिनिसियस जुनियरले स्पेनमा दोहोरिने जातीय दुर्व्यवहारका कारण आफू प्रेरित रहन र फुटबल खेलको आनन्द लिन संघर्ष गरिरहेको बताएका छन् । आज आयोजना हुने स्पेनविरुद्ध ब्राजिलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलअघि आयोजित पत्रकार सम्मेलनमा रियाल मड्रिडका विंगरले फ्यानहरूले आफूमाथि जातीय दुर्व्यवहार गरेको भन्दै आफू निराश भएको बताए ।

ब्राजिलका प्रशिक्षक डोरिभल जुनियरले स्पेनिस स्टेडियमहरूमा जातिवादी फुटबल फ्यानहरूको उपस्थितिले फुटबल खेलको बेइज्जत गरिरहेको र उनीहरू कायर भएको बताए । गत मे महिनामा मेस्टाला स्टेडियममा सम्पन्न रियल मड्रिड र भ्यालेन्सियाबीचको खेलमा दर्शकहरुले भिनिसियसलाई जातीय दुर्व्यवहार गरेपछि १० मिनेटका लागि खेल रोकिएको थियो ।

ब्राजिलले आज राति सवा २ बजे सान्टियागो बर्नाबेउमा स्पेनको सामना गर्दै छ । यो खेललाई रंगभेद विरोधी अभियानको एक अंगको रुपमा लिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement