कोशी प्रदेश सभा : एमाले-माओवादीले दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेश सभा : एमाले-माओवादीले दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिन माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ ।

प्रदेश सभाको शुक्रबारको बैठकले संकल्प प्रस्ताव पारित गरेसँगै मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत नलिए नयाँ सरकार गठनको तयारी थाल्न प्रदेश प्रमुखले आहृवान गर्नुहुनेछ । प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले राजनीतिक स्थिरताको लागि सर्वदलीय सरकार बनाउन आहृवान गर्नुभयो ।

नेकपा एमाले र माओवादी केन्द्रले भने वैशाख २५ गतेसम्म मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने बताएका छन् ।

सरकारका प्रवक्ता शमशेर राईले भने आफूहरू संविधानको पालना गर्नेगरी अगाडि बढिरहेको बताउनुभयो ।

गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिँदै ५२ सांसदले प्रदेश प्रमुखलाई निवेदन दिएका थिए । सोही दिन ५२ सांसदले नै प्रदेश सभाको अधिवेशन बोलाउन पनि प्रदेश प्रमुखलाई निवेदन दिएका थिए । सोहीअनुरूप बोलाइएको संविधानको धारा १८३ को उपधारा ३ बमोजिमको अधिवेशन अन्त्य भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement