धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधारमन्त्री नियुक्त हुनु भएको छ । नवनियुक्त मन्त्री चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।
आजै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका दीर्घबहादुर सोडारीले पनि पद तथा गोपनीयताको शपथ लिई सक्नु भएको छ । उहाँलाई पनि आज साँझै प्रदेश प्रमुख मियाँले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
एमाले, माओवादी र नाउपाका २ प्रदेशसभा सदस्यसहितको गठबन्धनबाट मुख्यमन्त्री बन्नु भएका सोडारीले आजै नाउपाका चौधरीलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गर्नु भएको हो ।