मुख्यमन्त्री कार्कीलाई मार्ग प्रशस्त गराउन एमाले र माओवादीको संकल्प प्रस्ताव

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
मुख्यमन्त्री कार्कीलाई मार्ग प्रशस्त गराउन एमाले र माओवादीको संकल्प प्रस्ताव

विराटनगर । मुख्यमन्त्री केदार कार्कीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्दै कोशी प्रदेश सभामा नेकपा एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव प्रस्तुत गरेका छन् ।

संकल्प प्रस्तावमा मुख्यमन्त्री कार्कीलाई असोज २६ गते दिएको समर्थन र कात्तिक एक गते दिएको विश्वासको मत फिर्ता लिएको जानकारी गराइएको छ ।  एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई वैशाख २५ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिन निर्देशन दिन प्रदेश प्रमुखलाई आग्रह गरिएको छ । मार्ग प्रशस्त नगरेमा संविधानको धारा १६८ को कुनै उपधारा प्रयोग गरी नयाँ सरकार गठनका लागि बाटो खोल्नुपर्ने एमाले र माओवादीको माग छ । 

संकल्प प्रस्ताव प्रदेश सभामा प्रस्तुत भए पनि आज छलफल भने भएन । मुख्यमन्त्री कार्कीका छोराको व्रतबन्ध भएकाले आज सङ्कल्प प्रस्तावमा छलफल नगरी टेबुल मात्र गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement