तारकेश्वर नगरपालिका : सडकमा धराप, गेट बनाउन ५२ लाख (फोटो फिचर)

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
तारकेश्वर नगरपालिका : सडकमा धराप, गेट बनाउन ५२ लाख (फोटो फिचर)
गेट बनाउने स्थानमै एक वर्षदेखि भत्काएर छोडिएको सडक । तस्बिर : कान्तिपुर टीभी

काठमाडौं । तारकेश्वर नगरपालिका-११, नेपालटार क्षेत्रको दुई सय मिटर सडक भत्काएर छोडेको एक वर्ष बित्यो । धर्मस्थ्ली र काभ्रेस्थली हुँदै नुवाकोट जाने मुख्य सडकमा ढलको पाइप हाल्ने भन्दै नगरपालिकाले भत्काएको सडक एक वर्षदेखि अलपत्र छ । ढलको ढकनसमेत नराखी यात्रुको जीवन नै जोखिममा पारेको छ । सडकभरि खुल्ला छोडिएका ढलमा परेर कुन बेला दुर्घटना हुने हो भनेर यात्रुहरु त्रासमा रहन्छन् ।

नेपालटार पुलदेखि डाँडागाउँसम्मको सडक भत्काएर छोडेपछि पानी पर्नासाथ हिलाम्मे हुन्छ भने पानी रोकिएपछि धुलाम्मे । मूल सडक बिजोग अवस्थामा छोडेर नगरपालिका भने त्यही सडकमा ५२ लाख बजेट खर्चिएर गेट बनाउन तम्सिएको छ ।

नागरिकको दैनिक र जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर नेपालटार पुलमा गेट बनाउन ५२ लाखको ठेक्का लगाइएको छ । मौलिकता झल्किने प्रवेशद्वार भन्दै गत फागुन २४ मा नगरपालिकाको ४८ लाख २५ हजार र उपभोक्ता समितिबाट ५ लाख ९४ हजार समेत गरेर ५२ लाख २६ हजारमा गेट बनाउन ठेक्का लगाइएको हो ।

सडकजस्तो संवेदनशील संरचना बनाउन छोडेर गेटमा बजेट हालेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । अनावश्यक संरचनामा लगानी देखिएकाले नगरपालिकाको बजेट दुरुपयोग भएको र यसले भ्रष्टाचारको आशंका जन्माएको स्थानीयको आरोप छ । नगरपालिका प्रमुख कृष्णहरि मर्हजन र उपप्रमुख शृजना बुर्लाकोटी यसबारे मौन छन् ।

पुलको संरचना भत्काएर गेट बनाउँदै

गेट बनाउन लाग्ने लगात र निर्माण कम्पनी

गेट बनाउने स्थानमै एक वर्ष देखि भत्काएर छोडिएको सडक

सडकको बीच भागमा खुलै छोडिएको ढल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement