अर्घाखाँचीमा वनको डढेलो गाउँमा सर्‍यो, २० घरगोठ जले

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्घाखाँचीमा वनको डढेलो गाउँमा सर्‍यो, २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् ।

भूमिकास्थान नगरपालिकाको वडा ३ र ४ मा अत्याधिक हावाहुरीका कारण जंगलमा लागेको आगो बस्तीमा फैलिँदा २० ओटा घरगोठ जलेको स्थानीय हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

आगलागी अहिले पनि जारी रहेकाले निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जनाउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement