कतारका राजा अल थानी आज नेपाल आउँदै

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कतारका राजा अल थानी आज नेपाल आउँदै

काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी नेपालको राजकीय भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । कतारी राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अपरान्ह साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुनेछ ।

राजा थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमै स्वागत गर्नुहुने कार्यक्रम छ । कतारका राजाको यो पहिलो नेपाल भ्रमण हो । थानीलाई विमानस्थलबाटै झाँकीसहित स्वागत गर्ने तयारी छ । सरकारले कतारी राजाको सम्मानमा आज सार्वजनिक बिदा दिएको छ ।

भ्रमणका क्रममा राजा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग दुईपक्षीय भेटवार्ता गर्ने तालिका छ । दुई पक्षीय हित र नेपालका केही परियोजनामा सहयोग तथा कतारलाई नेपालले दिने उपहार पनि भ्रमणको कार्यसूचीमा छ । नेपालले कतारसँग प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको पहल गरिदिन पनि आग्रह गर्नेछ । कुटनीतिज्ञहरुले अरु सम्झौता गर्नु अघि विपिन रिहाइका लागि लागि कतारी राजासँग पहल गर्न सुझाव दिएका छन् ।

रोजगारीका लागि कतारमा रहेका नेपालीको सुरक्षा, विभिन्न कसुरमा जेलमा रहेकाहरुको रिहाइको पहलको विषय पनि नेपाली पक्षले उठाउने छ । दुई निजी जहाज लिएर आउने आउने कतारी राजाको टोली भोलि फर्कने छ ।

यो पनि...

कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement