डोल्पामा १२० वटा हिमचितुवा

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
डोल्पामा १२० वटा हिमचितुवा

डोल्पा । डोल्पामा वन्यजन्तुको सप्ताह पारी दुर्लभ वन्यजन्तु हिमचितुवाको संख्या सार्वजनिक गरिएको छ । जिल्ला वन कार्यालय र से-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाको आयोजनामा तथ्यांक सार्वजनिक गरिएको हो ।

जिल्ला वन कार्यालय डोल्पाले शुक्रबार एक कार्यक्रममार्फत छार्काताङ्ग्सोङ्ग गाउँपालिका र डोल्पो बुद्ध गाउँपालिका भित्र १२० वटा क्यामेरा राखेको थियो । उक्त क्षेत्रमा विश्वमै दुर्लभ अवस्थामा रहेका ३० वटा संरक्षित वन्यजन्तु हिमचितुवा रहेको तथ्यांक सार्वजनिक गरिएको हो । यसको कुल लागत खर्च ३५ लाख रहेको डब्ल्यूडब्ल्यूएफ नेपाल डोल्पाका कार्यक्रम अधिकृत चन्द्रजंग हमालले जानकारी दिनुभयो ।

निकुञ्ज क्षेत्रमा ९० वटा हिउँ चितुवा र निकुञ्ज बाहिरका सामुदायिक वन क्षेत्रमा ३० वटा गरी १२० संख्यामा हिउँ चितुवा रहेका जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement