काठमाडौं । रुसी सेनामा भर्ती भएर युद्धग्रस्त क्षेत्रमा खटाइएका नेपालीको उद्धारको माग गर्दै परिवारजनले काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएका छन् ।
रुसमा करार सम्झौता रद्द गरी स्वदेश फर्कन चाहनेलाई युद्ध क्षेत्रमा लैजाने काम भएको भन्दै परिवारका सदस्यले उद्धारको पहल गर्नुपर्ने माग गरेका हुन् ।
पाँचजना युद्धबन्दीको उद्धार तथा रुस-युक्रेन युद्धमा मृत्यु भएकाको शव ल्याउन कूटनीतिक पहल गरिदिन पनि पीडित परिवारले सरकारसँग आग्रह गरेका छन् ।
युद्धमा घाइते नेपालीको उपचार, क्षतिपूर्ति र नेपाल ल्याउन सुनुवाइ नभएको परिवारका सदस्यहरुले आरोप लगाएका छन् ।