काठमाडौं । काठमाडौं महानगरपालिकाले भाडामा लगाएका सामुदायिक विद्यालयहरुको सम्पत्तिको कागजपत्र सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
महानगरले सामुदायिक विद्यालयको सम्पत्तिको अभिलेख राख्ने भन्दै भाडामा लगाइएका कोठा, सटरलगायतको सम्झौताका कागजातका प्रतिलिपि उपलब्ध गराउन भनेको हो ।
‘विद्यालयको स्वामित्वमा रहेका भवन, कोठा, सटर, जग्गा वा अन्य भौतिक संरचना तेस्रो पक्षलाई भाडामा दिएको छ भने उक्त निर्णय/सम्झौताका कागजातका प्रमाणित प्रतिलिपिहरू उपलब्ध गराउनू,’ महानगरका शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालद्वारा बिहीबार जारी सूचनामा भनिएको छ ।