जंगलमा दाउरा खोज्न जाँदा हात्तीको आक्रमण : पत्नीको मृत्यु, पति घाइते

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
जंगलमा दाउरा खोज्न जाँदा हात्तीको आक्रमण : पत्नीको मृत्यु, पति घाइते
प्रतीकात्मक तस्बिर

झापा । जंगली हात्तीको आक्रमणबाट बुधबार साँझ झापामा एक महिलाको मृत्यु भएको छ ।

झापाको शिवसाक्षी नगरपालिका ११ की पवित्रा भेटवालको बुधबार साँझ हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट पवित्राका पति दिलीप भेटवाल भने घाइते भएका छन् ।

उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । जंगलमा दाउरा खोज्न गएका उनीहरू हात्तीको आक्रमणमा परेका थिए ।

जंगली हात्तीको आक्रमणबाट यो वर्ष मात्र झापामा पाँच जनाले ज्यान गुमाइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement