काठमाडौं । उत्तर कोरियाले शुक्रबार दक्षिण कोरियाको पश्चिम सागरमा क्रुज मिसाइल र नयाँ एन्टी-एयरक्राफ्ट मिसाइल प्रक्षेपण गरेको छ ।
उत्तर कोरियाको केसीएनए समाचार एजेन्सीले शनिबार मिसाइल प्रक्षेपणका तस्बिर सार्वजनिक गरेको हो । दुवै प्रक्षेपण रक्षा विज्ञान संस्थानहरूको नियमित गतिविधिको हिस्सा रहेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएको छ । उत्तर कोरियाको रणनीतिक क्रुज मिसाइल आणविक हतियार बोक्न डिजाइन गरिएको मानिन्छ।