काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्समा मंगलबार बन्दुकधारीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । न्युयोर्क प्रहरी उपप्रमुख बेन्जामिन गर्लेका अनुसार बन्दुकधारी स्कुटरमा आई सडक किनारमा रहेको व्यक्तिहरुमाथि अन्दाधुन्द १० राउन्ड गोली चलाएको छ ।
बन्दुकधारीले एक जनाको छातीमा लोगी प्रहार गर्दा २९ वर्षीय व्यक्तिको मृत्यु भएको थियो । अन्य तीन जनाको खुट्टामा गोली लागेर घाइते भएको बताइएको छ ।
आक्रमणकारीको भने पहिचान खुल्न सकेको छैन् । गोली चलाउनासाथ ती बन्दुकधारी फरार भएका थिए । शंकाको आधारमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।