‘सतीदेवी’ साउन ४ मा प्रदर्शन हुने

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘सतीदेवी’ साउन ४ मा प्रदर्शन हुने

काठमाडौं । नेपाली चलचित्र ‘सतीदेवी’को प्रदर्शन मिति तय भएको छ । चलचित्रको साउन ४ गतेबाट देशभर प्रदर्शन हुने निर्देशक, निर्माता लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

गत माघमा सौराहमा सम्पन्न सौराह दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको फिल्मले हालै रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट स्क्रिप्ट (लक्ष्मण सुवेदी) र सर्वोत्कृष्ट अभिनेत्री (मलिका महत) जुरी मेन्सन अवार्ड जितेको थियो ।

निर्देशक सुवेदीकै कथा रहेको चलचित्रमा मलिकाको साथमा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटा, जयन्त रेग्मी, विमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, ईश्वरी सिंह, पवन केसी र जगदीश अधिकारीलगायत कलाकारको अभिनय छ ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्नुभएको हो । तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन चलचित्रमा रहेको पनि निर्देशक सुवेदीले जानकारी दिनुभयो ।

फिल्मलाई राजधानीमा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.