इलाम । प्रतिनिधिसभा सदस्यको चयनका लागि इलाम-२ मा भएको उपचुनावको मतगणना जारी छ । मतगणनाको पछिल्लो जानकारी अनुसार इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायम नै छ ।
उहाँलाई नेपाली कांग्रेसका डम्बर खड्काले पछ्याउँदै हुनुहुन्छ । एमालेका सुहाङले ३ हजार २४९ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २ हजार ४६९ मत ल्याउनु भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७०३ मत प्राप्त गर्नु भएको छ भने रास्वपाका मिलन लिम्बुले ४३४ मत ल्याउनु भएको छ ।
पहिलो चरणमा फाकफोकथुम गाउँपालिका १ देखि ५ सम्मको मत गणना गरिएको छ ।