आजका मुख्य समाचार,
* चीन भ्रमणबाट फर्केलगत्तै प्रधानमन्त्रीको भारत भ्रमणको तयारी / परराष्ट्रमन्त्री राणा आगामी साता दिल्ली जाँदै / जनवरीभित्रै भ्रमण हुने उद्योगमन्त्रीको दाबी ।
* बाढीपहिरोले क्षतिग्रस्त विद्यालय पुनर्निर्माणमा अझै अलमल / काभ्रेमा अस्थायी सिकाई केन्द्र निर्माणको माग / बागमती प्रदेशका विद्यालयका लागि मात्रै ५२ करोड लाग्ने ।
* ब्याजदर घट्दा र कर्जा प्रवाह बढ्दा पनि सेयर बजारमा देखिएन उत्साह / राष्ट्र बैंकको नीति नै बाधक रहेको लगानीकर्ताहरुको दाबी / अर्थतन्त्र नसुध्रिँदा बजार नबढेको विज्ञको भनाइ ।
* गाजामा युद्धविराम गर्न इजरायल तयार रहेको अमेरिकाको दाबी / ६० दिने युद्धविराम प्रस्तावप्रति हमास पनि लचिलो / ३० भन्दा बढी इजरायली बन्धक रिहाइको प्रस्ताव ।
* एनपीएलमा कर्णाली याक्सको प्ले अफ सम्भावना बलियो / लुम्बिनीमाथि पाँच रनको रोमाञ्चक जित / विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले हरायो ।