कान्तिपुर समाचार, १५ मंसिर २०८१

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १५ मंसिर २०८१

आजका मुख्य समाचार,

* एनपीएलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हरायो / एनपीएलले देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव / प्रत्यक्ष आर्थिक कारोबार मात्रै एक अर्बको हुने आकलन ।

* स्थानीय तहमा रिक्त ४१ पदका लागि भोलि हुने उपनिर्वाचनको तयारी पूरा / ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह / भोलि साँझदेखि नै मतगणना ।

* प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डामा कांग्रेस र एमालेबीच सहमति / पुरानै सम्झौता अनुदानमा कार्यान्वयन गराउन चीनसामु प्रस्ताव गरिने ।

* गत वर्षको तुलनामा तरकारीको मूल्य ७ सय ५० प्रतिशतसम्म बढ्यो / मागअनुसार आपूर्ति हुन नसकेको बहानामा व्यापारीको मनपरी / अनुगमन नहुँदा उपभोक्ता मारमा ।

* सिरियाको दोस्रो ठूलो सहर एलेप्पोका अधिकांश क्षेत्र विद्रोही सेनाको नियन्त्रणमा / सरकारी सेना र विद्रोहीबीच मुठभेड जारी / २ सय २५ जनाको मृत्यु ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement