आजका मुख्य समाचार,
* संसद्को अधिवेशन पुसको सुरुमै बोलाउने तयारी गरेको सरकारलाई बिजनेशकै चिन्ता / समितिमा विचाराधीन १५ विधेयक टुंगो लाग्न सकेनन् / सांसदका कामप्रति सभामुख नै असन्तुष्ट ।
* भैरहवाबाट सातामा २३ उडान भए पनि यात्रु बढेनन्/ विशेष छुट पाएका हवाई कम्पनीले टिकटमा दिएनन् सहुलियत/ पर्यटनमन्त्री भन्छन्- महिनामा २ पटक भैरहवा नै जान्छु।
* अन्तरदेशीय अपराध र सीमा सुरक्षा सरकारको प्राथमिकतामा नपर्दा जहिल्यै जोखिममा / सीमामा खटिने सशस्त्रलाई बस्ने भवनसमेत छैन / कानुन नहुँदा काम-कारबाही पनि कमजोर ।
* भारतको महाराष्ट्र विधानसभा चुनावमा बिजेपी नेतृत्वको गठबन्धनलाई बहुमत/ विकास र सुशासनको जित भएको प्रधानमन्त्री मोदीको भनाइ/ झारखण्डमा इण्डिया गठबन्धन विजयी ।
* पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ७० रनले पराजित/ पाकिस्तानले दक्षिण अफ्रिकालाई ८ विकेटले हरायो ।