कान्तिपुर समाचार, १९ भाद्र २०८१

भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १९ भाद्र २०८१

आजका मुख्य समाचार,

* नेपाललाई ओलम्पिक पदक दिलाएकोमा पलेशा गोवर्धनको भव्य स्वागत/ राष्ट्रपति, खेलकुद परिषद र महानगरद्वारा सम्मान/ देशका लागि बाचा पुरा गरेको पलेशाको प्रतिक्रिया ।

* एक वर्षभित्रै मुख्यसचिवसहित ४ सय ४८ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा/ सयभन्दा बढी जनप्रतिनिधि पनि तानिए/ अख्तियारलाई भने राजनीतिक दबाब मुक्त बनाउनै कठिन ।

* आफूविरुद्ध घेराबन्दी हुँदा पनि कांग्रेसले प्रतिरक्षा नगरेको भन्दै प्रधानमन्त्री ‌ओलीको असन्तुष्टि/ सबै दललाई मिलाउने कांग्रेसको मध्यमार्गी जवाफ/ रणनीति हुनसक्ने विश्लेषकको टिप्पणी ।

* उद्योगी व्यवसायीले ऋण नलगेपछि बैंकमा थुप्रियो तरलता/ ब्याज दर तल झर्न नदिन राष्ट्र बैंकले ब्याज दिएरै तान्न थाल्यो रकम ।

* इजरायलमा सरकार विरोधी प्रदर्शन जारी/ प्रधानमन्त्री नेतन्याहुले सत्ता लम्ब्याउन युद्धविराम र बन्धक रिहाइको सम्झौता नगरेको प्रदर्शनकारीको आरोप ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement