कान्तिपुर समाचार, ५ साउन २०८१

श्रावण ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ५ साउन २०८१

आजका मुख्य समाचार,

* उद्योगी र विद्युत् प्राधिकरणबीच शुल्क बक्यौता विवाद झन् चर्कियो / काटिएको लाइन जोड्न प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न प्राधिकरणको अटेरी ।

* नौ दिन बितिसक्दा पनि त्रिशूलीमा हराएका ६३ मध्ये ३७ को अवस्था अझै अज्ञात / बेपत्ता यात्रु र बस खोजीमा सघाउन आएको भारतीय टोली भोलिदेखि खटिने ।

* प्राविधिक शिक्षामा सिमान्तकृतको पहुँच बढाउने १ अर्बको परियोजना कार्यान्वयनमा नआउँदै सीटीईभीटीले ६० करोड सिध्यायो / चार वर्षसम्म योजना अलपत्र पर्दा दाता असन्तुष्ट ।

* हिंसाग्रस्त बंगलादेशबाट नेपाली विद्यार्थीको उद्धार गर्न सरकारको ढिलाइ / आफ्ना एक हजार नागरिक फिर्ता ल्याएको भारतले नेपाल र भुटानका विद्यार्थीलाई पनि सहयोग गर्ने ।

* पेरिस ओलम्पिकमा राष्ट्रिय रेकर्ड सुधार्ने लक्ष्यका साथ सुटिङकी सुस्मिता नेपाल दैनिक ७ घण्टा अभ्यासमा / पर्याप्त प्रशिक्षण र प्रविधि नपाएको गुनासो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement