कान्तिपुर समाचार, १ साउन २०८१

श्रावण १, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १ साउन २०८१

आजका मुख्य समाचार,

* कर्मचारी र ट्राफिक प्रहरीकै मिलेमतोमा ट्रायल फेल भएकालाई समेत लाइसेन्स बाँड्ने गरिएको खुलासा / बिचौलियाद्वारा जनही ४० हजारसम्म असुली / नियामक मूकदर्शक ।

* रुकुम पश्चिम र संखुवासभामा बाढीपहिरोबाट पाँच जनाको मृत्यु / बाढी पसेपछि डोल्पा दुनैका स्थानीयको विचल्ली / भारतको महलीसागर बाँधले कपिलवस्तुको ३ सय बिघा खेत डुबायो ।

* सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धिको लक्ष्यसहित १६औं पञ्चवर्षीय योजना कार्यान्वयनमा / दबाब र हचुवाका भरमा कार्यक्रम तय नगर्न विज्ञको सुझाव ।

* राष्ट्रपतीय चुनावका लागि अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प बने रिपब्लिकन पार्टीको आधिकारिक उम्मेदवार / उपराष्ट्रपतिमा ओहायोका सिनेटर जेम्स डेभिड भान्स छनोट ।

* एसीसी महिला एसिया कपका लागि नेपालको तयारी पूरा / अन्तिम अभ्यास खेलमा आज श्रीलंकाको टिमलाई २ रनले हरायो / प्रतियोगितामा शुक्रबार युएईको सामना गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.