कान्तिपुर समाचार, २३ जेठ २०८०

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २३ जेठ २०८०

आजको मुख्य समाचार

– बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्दै यसपालि पनि विवाद / निश्चित समूहलार्इ फाइदा पुर्याइएको विपक्षीको आरोप / बाहिरिया स‌ंलग्न नरहेको अर्थमन्त्रीको जवाफ ।

– अत्यधिक गर्मीसँगै सवारी दुर्घटनाको जोखिम बढ्दो / पछिल्ला ३ सातामा मात्रै १ सय २७ जनाले ज्यान गुमाए / राजमार्गमा चालक र सवारीलाई विश्रामस्थलको अभाव ।

– वैदेशिक रोजगारीलाई युरोपेली मुलुकमा विस्तार गर्ने गृहकार्य / निर्देशिका संशोधन गरी श्रम मन्त्रालयबाटै मागपत्र प्रमाणीकरणको तयारी / विज्ञ भन्छन् – श्रमिकको क्षमता पनि बढाउ ।

– मस्को नियन्त्रित युक्रेनको खेर्सोनस्थित जलविद्युत् परियोजनाको बाँधमा विस्फोट / ८ वस्तीका १६ हजार मानिस जोखिममा / रुसी सेनाले विस्फोट गराएको किएभको आरोप ।

– डेब्यु सिजनमै चर्च ब्वाइजले उचाल्यो ए डिभिजन लिगको उपाधि / एक खेल अगावै लिग च्याम्पियन / ३७ वर्ष अघि मनाङले बनाएको कीर्तिमान बराबर ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.