कान्तिपुर समाचार, १९ जेठ २०८०

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १९ जेठ २०८०

आजको मुख्य समाचार:

- भारत भ्रमणमा रहेका प्रधानमन्त्रीद्वारा महाकालेश्वर मन्दिरमा पूजाअर्चना/ सीमा विवादमा दाहाल भन्छन्- बंगलादेश मोडेलमा कालापानी साट्न सकिन्छ ।

- भारतसँग भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताले नेपालको बिजुली बजार सुनिश्चित/ तल्लो शारदाको पानी विवाद छाडेर पञ्चेश्वरको डीपीआर गर्न नेपाल तयार ।

- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको अदालतमा बयान सकियो/ अधिकांशले अभियोग इन्कार गरे पनि पर्याप्त प्रमाण जुटिसकेको सरकारी वकिलको दाबी/ आइतबारदेखि थुनछेक बहस ।

- ऋण सीमा सम्बन्धी विधेयक अमेरिकी दुवै संसदद्वारा पारित/ सिनेटमा ६३ सांसदले पक्षमा मतदान गर्दा ३६ विपक्षमा/ सोमबार राष्ट्रपति बाइडनसमक्ष पेश गरिने ।

- खेलाडीले लगातार राम्रो प्रदर्शन गरिरहँदा पनि खेल क्षेत्र उपेक्षामा / आगामी वर्षका लागि बजेट नै कम भएको गुनासो/ घोषित प्रतियोगिताका लागिसमेत छैन बजेट ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.