मोबाइल बैंकिङ तथा साइबर असुरक्षाबाट कसरी जोगिने ?

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
मोबाइल बैंकिङ तथा साइबर असुरक्षाबाट कसरी जोगिने ?

काठमाडौं । मोबाइल तथा साइबर सुरक्षाप्रति राम्रो ज्ञान नहुँदा थुप्रै व्यक्ति ठगिएका छन् । बैंकमा भएको पैसा चोरी हुनेदेखि चिट्ठा परेको र सामान पठाएको भन्दै आउने फोन ठगहरूको योजना हुन सक्छ ।

त्यसो भए मोबाइल बैंकिङ तथा साइबर असुरक्षाबाट कसरी जोगिने त ? साइबर ब्युरोका उपरीक्षक पशुपति रायले सुझाव दिएका छन् ।

– युजरनेम, पासवर्ड र ओटीपी कसैलाई नदिने ।

– आफ्ना खाताहरूमा मल्टीफ्याक्टर अथेन्टिकेशन (मोबाइल र इमेलमा कारोबारबारे जानकारी आउने व्यवस्था) राख्ने ।

– अनावश्यक वा नचिनेको मान्छेले कुनै जानकारी माग्यो भने नदिने ।

– स्टप, थिंक र कनेक्ट अर्थात् हामीले के-कस्तो लि‌ंकमा क्लिक गर्न लाग्दैछौँ त्यसबारे रोकिएर, विचार गरेर अनि मात्रै क्लिक गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.