कान्तिपुर समाचार, २२ माघ २०७९

माघ २२, २०७९ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २२ माघ २०७९

आजको मुख्य समाचार:

– रवि लामिछानेले गृहमन्त्रालय नपाएपछि सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी/ समर्थन कायमै राखेर विपक्षमा बस्ने/ पद गुमेको आक्रोश मिडियामाथि/ पत्रकार महासंघको आपत्ति ।

– सर्वोच्चको फैसलामाथि एमाले अध्यक्ष ओलीले संसदमै उठाए प्रश्न/ अदालतको अवहेलनाको विषय बन्न सक्ने कानुनविद्को प्रतिक्रिया ।

– सरकार परिवर्तनपिच्छे मन्त्रीले आफू अनुकुल कर्मचारी खोज्दा प्रशासनमा अस्थिरता/ डेढ महिनामा ९ सचिव र २६ सह–सचिवको सरुवा/ सुशासनको नारा भाषणमै सीमित ।

– दुबईमा उपचाररत पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको ७९ वर्षको उमेरमा निधन/ अन्त्येष्टिका लागि पार्थिव शरीर पाकिस्तान ल्याइने ।

– साफ अण्डर ट्वेन्टी महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित/ भूटान चार शुन्यले पराजित/ अमिशा कार्कीको ह्याट्रिक ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.