कान्तिपुर समाचार, २१ माघ २०७९

माघ २१, २०७९ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २१ माघ २०७९

आजका मुख्य समाचार:

– किसानले उत्पादनको मूल्य नपाइरहँदा बर्सेनि ४ खर्बको कृषिजन्य वस्तु आयात/ आत्मनिर्भरताको नारा २०वर्षदेखि अधुरै/ विचौलिया हाबी हुँदा उपभोक्तासमेत मारमा ।

– लुम्बिनी प्रदेशको सामर्थ्य विकास गर्न सामूहिक प्रतिबद्धता/ भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान र गुरुयोजना कार्यान्वयनमा समस्या आउन नदिने सरकारको आश्वासन ।

– राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको अल्टिमेटमभित्र सत्ता गठबन्धनमा भएन कुनै छलफल/दाहाल र ओली आ-आफ्नै अडानमा/घुर्काउने र फकाउने खेल भने जारी ।

– अमेरिकी आकाशमा देखिएको चिनियाँ बेलुनले बढायो कूटनीतिक विवाद/विदेशमन्त्री ब्लिङ्केनको चीन भ्रमण स्थगित/ मौसम अध्ययनका लागि बेलुन उडाइएको चीनको जवाफ ।

– पेरिस ओलम्पिकमा रुस युक्रेन युद्धको बाछिटा/रुसी खेलाडीलाई सहभागी गराउने तयारीप्रति पश्चिमा मुलुकको आपत्ति/४० भन्दा बढी देशले दिए बहिष्कारको चेतावनी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.