Kantipur Samachar | कान्तिपुर समाचार, १८ माघ २०७९

माघ १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १८ माघ २०७९
आजको मुख्य समाचार:
- क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णयको चौतर्फी आलोचना / क्यानभित्र पनि असन्तुष्टि / असंवेदनशील निर्णयले पीडितलाई थप पीडा ।
- पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढाउने सभामुखको संकेत / पूर्वसभामुखको निर्णयलाई चुनौती / सत्तारुढ दलभित्रै मत बाझियो ।
- विद्यालय शिक्षाको गुणस्तर झन् खस्कियो / कक्षा ८ का ७० प्रतिशत विद्यार्थी न्यूनतम् सिकाइमै असफल / विषयगत शिक्षक अभावसँगै राजनीति हाबी हुँदाको परिणाम ।
- भारतको नयाँ बजेटले मध्यम वर्गलाई राहत / सात लाखसम्म आम्दानी गर्नेले कुनै कर तिर्नु नपर्ने / नेपालले पाउने अनुदान २ अर्ब घट्यो ।
- महिलातर्फ ६ वटा कोटा घटाएर नेपाल क्रिकेट संघले गर्यो खेलाडीको नयाँ वर्गीकरण / पुरुषतर्फ चार खेलाडी पहिलोपटक समेटिँदा पूर्वकप्तान मल्ल बी श्रेणीमा घटुवा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.