रामेछापस्थित गोगनपानी गुम्बा डाँडा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै

मंसिर २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
रामेछापस्थित गोगनपानी गुम्बा डाँडा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा रहेको गोगनपानी गुम्बा डाँडा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। 

खाँडादेवी-५ मा पर्ने गोगनपानी पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । यहाँ बनाइएको गुम्बा र दृश्य अवलोकनका लागि पुग्ने आन्तरिक पर्यटक बढेको खाँडादेवी गाउँपालिका-५ का वडा अध्यक्ष मनोज पौडेलले बताउनुभयो । 

सदरमुकाम मन्थली-खाँडादेवी-सित्खा-काठमाडौं सडकबाट नजिकै रहेको गोगनपानी डाँडामा फोटो खिच्ने, टिकटक बनाउने मानिसहरू जाने गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.