कोरला नाकामा आन्तरिक पर्यटकको भिड

कार्तिक १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोरला नाकामा आन्तरिक पर्यटकको भिड

म्याग्दी । उपल्लो मुस्ताङ र चीनसँगको २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाकामा यतिबेला आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।

तिब्बती सीमासम्म पुग्न मोटरबाटोले सहज बनाएपछि उपल्लो मुस्ताङको अलौकिक भूगोल अवलोकन गर्ने आन्तरिक पर्यटकको भिड लाग्ने गरेको हो । लामो छुट्टिको अवस पारेर लोमान्थाङ पुग्ने पर्यटकहरू कोरलासँगै छोसेरसम्म पुग्ने गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै लोमन्थाङमा होटेल व्यवसाय फस्टाएको छ । होटेल व्यवसायी समितिका अनुसार लो मन्थाङमा ३० लाखदेखि २० करोडसम्मको लगानीका ३० वटा होटेल छन् । यी होटेलमा २ सय २८ कोठामा ५ सय बेड छन् ।

छोसेर र छोनुपमा १२ तथा चराङ र घमिमा पनि १५ बढी होटेल छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement