ओप्पोले ल्यायो नयाँ फोन

भाद्र १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओप्पोले ल्यायो नयाँ फोन

काठमाडौं । ओप्पोले नयाँ स्मार्टफोन ओप्पो ए-थ्री सार्वजनिक गरेको छ । १ सय एमएच ब्याट्री क्षमता भएको यो स्मार्टफोनमा खस्दा नफुट्ने र पानी पनि भित्र नपस्ने विशेषता रहेको छ ।

काठमाडौंमा आज एक कार्यक्रमकाबीच ओप्पो ए-थ्री सार्वजनिक गरिएको हो । यो स्मार्टफोनमा डबल टेम्पर ग्लास राखिएकाले भुइँमा खस्दैमा नफुट्ने दाबी कम्पनीको छ । 

त्यस्तै, पानी र फोहोर रेसिस्टेन्स पनि राखिएकाले दूध कफी चिया पोखिँदैमा सहजै फोन नबिग्रने कम्पनीले जनाएको छ । यसको मूल्य २२ हजार ९ सय ९९ देखि २७ हजार ९ सय ९९ सम्म रहेको छ । त्यसैगरी, ओप्पोले ६५ हजार ९ सय ९९ रुपैयाँ पर्ने एआई फोन- रेनो टोयल्भ फोन पनि बजारमा ल्याएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement