वीरेन्द्रनगरमा कर्णाली कन्क्लेभ-२०२४ हुँदै

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
वीरेन्द्रनगरमा कर्णाली कन्क्लेभ-२०२४ हुँदै

काठमाडौं । डिजिटल कर्णाली कन्क्लेभ-२०२४ आगामी फागुन १८ र १९ गते हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुनेछन् ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुईदिने कन्क्लेभमा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको सहभागिता रहनेछ ।

कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टलाई केन्द्रमा राखेर ५० भन्दा बढी विज्ञ र सरोकारवालाले प्रस्तुति दिनेछन् । सम्मेलनमा प्रविधिमार्फत स्थानीय उत्पादन, कृषि, शिक्षा र पर्यटन विस्तारमा जोड दिइनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement