एमडीएमएस प्रणाली आजदेखि लागु, अवैध मोबाइल ब्लक हुने

कार्तिक २०, २०८० |कान्तिपुर टीभी संवाददाता
एमडीएमएस प्रणाली आजदेखि लागु, अवैध मोबाइल ब्लक हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्दैछ । एमडिएमएस प्रणाली लागु भएसँगै यस प्रणालीमा दर्ता नभएका अवैध मोबाइल ब्लक हुने छन् ।

प्रणालीमा दर्ता नभएका फोनहरु क्रमश ब्लक हुने प्राधिकरणले जनाएको छ । यस्ता मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैनन् ।

प्राधिकरणले गत कात्तिक ४ गते एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीलाई एमडीएमएसमा दर्ता नभएका मोबाइल फोनहरु दर्ता गर्न आह्वान गरेको थियो ।

प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरु नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुनेसमेत प्राधिकरणले जनाएको थियो ।

प्राधिकरणका अनुसार सुरुमा यो व्यवस्था महँगा मोबाइल ह्यान्डसेटमा लागु हुनेछ । एक लाख रुपैयाँभन्दा महँगा ‘हाइ रेन्ज’ का मोबाइल फोनमा यो लागु हुने प्राधिकरणले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.