भृकुटीमण्डपमा क्यान इन्फोटेक, माघ २८ सम्म चल्ने

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
भृकुटीमण्डपमा क्यान इन्फोटेक, माघ २८ सम्म चल्ने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २८औं संस्करणको क्यान इन्फोटेक मेला सुरु भएको छ ।

विश्वमा बढ्दो प्रविधिको विकाससँगै नेपालमा पनि हरेक वर्ष नयाँ नयाँ प्रविधि भित्रिरहेका छन् । एउटै छानामुनि सबै वस्तु तथा सेवा उपलब्ध गराउन र उपभोक्तालाई नयाँ प्रविधिबारे जानकारी गराउन बर्सेनि मेलाको आयोजना गर्ने गरिएको आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दारको भनाइ छ ।

मेलामा सफ्टवेयर निर्माण कम्पनीहरुको पनि सहभागिता छ । सफ्टवेयर निर्माणका लागि नेपालमा प्रचुर सम्भावना भए पनि राज्यले नीति नबनाउँदा त्यसको गति लिन सकेको छैन । मेला माघ २८ गतेसम्म चल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement