परीक्षा प्रणालीका लागि चुनौती बन्दै च्याटजीपीटी

माघ १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
परीक्षा प्रणालीका लागि चुनौती बन्दै च्याटजीपीटी

काठमाडौं । अमेरिकी कम्पनी ओपनएआइद्वारा निर्माण गरिएको च्याटजीपीटी नामक एपले अमेरिकाको कानुन परीक्षा उत्तीर्ण गरेको छ । उक्त परीक्षामा सोधिएका संवैधानिक कानुन र कर व्यवस्था सम्बन्धी जटिल पश्रहरुको उत्तर यस एपले सफलतापूर्वक दिएको हो ।

यसअघि च्याटजीपीटीले चिकित्सक लाइसेन्स र एमबिएको परीक्षा पनि उत्तीर्ण गरिसकेको थियो । च्याटजीपीटी नाम दिइएको सो एपले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिको सहायता लिएर प्रश्नहरूको उत्तर दिन्छ ।

 विभिन्न खालका परीक्षाहरूलाई यस च्याटजीपीटीले अहिलेसम्म राम्रोसँग हल गरेको छ । यस कारण अमेरिकी शिक्षकहरूले आउँदो समयमा च्याटजीपीटीले गर्दा कक्षा कोठाको वातावरण बिग्रिने र परीक्षा प्रणाली नै ध्वस्त हुनेसम्मको आँकलन गरेका छन् । विद्यार्थीहरूले अहिले विभिन्न खालका होम असाइन्मेन्ट अर्थात् गृहकार्यहरू पनि यसै एपको माध्यमबाट गर्ने गरिएको पाइएको छ ।

 मिनिसोटा विश्वविद्यालयले यससाता आफ्ना विद्यार्थी र च्याटजीपीटीलाई कानुन विषयको परीक्षामा समान प्रश्न पत्र दिएको थियो । सो परीक्षामा च्याटजीपीटीले सी प्लस अंक ल्याएर उत्तीर्ण गरेको हो ।

 तर हिसाब सम्बन्धी पश्रहरुको उत्तर दिन भने च्याटजीपीटी असमर्थ रह्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.