काठमाडौं । रूवान्डामा आयोजना भएको आईसीसी महिला च्यालेन्ज ट्रफीमा दोस्रो स्थान हात पारेको नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।
विरलै मात्र अफ्रिकामा खेल्न पाउने टिमले त्यहाँको पिच र वातावरणमा फरक अनुभवसहित युवा खेलाडीको क्षमतालाई प्रदर्शन गरेको छ । नेपालले दोस्रो स्थानमा रहँदै आईसीसी महिला टी-२० आई च्यालेन्ज ट्रफी समाप्त गरेको छ ।
प्रतियोगितामा पाँच जित र तीन हारको सामना गरेको नेपालले अमेरिकासँग भने दुवै खेलमा हार ब्यहोरेको थियो । उपाधिको लक्ष्यसहित प्रतियोगितामा सहभागी बने पनि फरक वातावरणमा सुरूका खेलमा सहज नभएको कप्तान इन्दु बर्मामो भनाइ छ ।
बलर कविता कुावर प्रतियोगिताकै सर्वाधिक विकेट टिकर रहिन् । उनले ८ खेलमा १५ विकेट आफ्नो नाममा गरिन् । यसैगरी मनिषा उपाध्यायले पनि १२ विकेट आफ्नो नाममा लेखाइन् । ओपनर सम्झना खड्का पनि आफूलाई ब्याटिङ फ्रन्टलाइनमा उभ्याउन सफल बनेकी छन् ।
उनले ८ खेलमा एक सय ६१ रन बनाइन भने कप्तान इन्दु बर्माले पनि एक सय १८ रन बनाइन् । तर, नेपाली क्रिकेट टिमको यो प्रदर्शन पर्याप्त छैन् । विश्वककपमा पुग्ने पछिल्लो दुई दशकदेखिको चाहनालाई नतिजामा बदल्ने हो भने नेपाली टिमले अझै पनि साना साना खेल कौशलमा ध्यान दिनु आवश्यक छ ।
भारतका हर्षल पाठक प्रशिक्षक बनेको पाँच महिना पुग्न लागेको छ । प्रशिक्षक पाठकका खुवी र कौशलको अनुसरण गर्दै महिला टिमले नयाा रणनीति र शैलीमा खेल्ने प्रयास गरिरहेको छ । आईसीसी च्यालेन्ज ट्रफीको नतिजाले नेपाली महिला टिमले विश्वका फरक फरक भुगोलको टिमसाग आफूलाई तुलना गर्ने अवसर पाएको छ ।
च्यालेन्ज ट्रफीको उपाधि जित्ने लक्ष्य राखे पनि अमेरिकासँगका दुवै खेलमा स्तब्ध हुनुले नेपाली टिमको कमजोरीलाई उजागर गरेको छ । यो प्रतियोगिताको पाठलाई अभ्यासमा उतार्दै जितको बाटो कोर्नु अब क्रिकेट टिमको जिम्मेवारी बनेको छ ।