
झापा । नेपाल पुलिस क्बलले एपीएफ क्लबलाई पराजित गर्दै अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
उपाधिसँगै पुलिसले नगद २ लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफले १ लाख रूपैयाँमा चित्त बुझायो । झापाको अर्जुनधारा नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा पुलिसले एपीएफलाई ३-१ को सेटमा पराजित गरेको हो ।
प्लेयर अफ दी टुर्नामेन्ट, पुलिसकी आशिका क्षेत्री भइन् । उनले नगद १५ हजार नगद प्राप्त गरिन् ।